लोक सेवा आयोगका अध्यक्ष मैनालीको नेतृत्वमा सर्च कमिटी गठन « प्रशासन
Logo १८ मंसिर २०७८, शनिबार
   

लोक सेवा आयोगका अध्यक्ष मैनालीको नेतृत्वमा सर्च कमिटी गठन


१० भाद्र २०७७, बुधबार


लोक सेवा आयोग

काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरिएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न कमिटी गठन गरेको हो ।

शिक्षा ऐनमा भएको सातौँ संशोधनमा आयोगमा १ अध्यक्ष र २ जना सदस्य(एक महिला) गरी ३ सदस्यीय आयोग गठन हुने प्रावधान छ । तर हाल दुई सदस्य पद रिक्त छन् ।

आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहने तीन सदस्यीय समितिको सिफारिसमा नेपाल सरकारले आयोगका पदाधिकारीहरूको नियुक्ति ५ वर्षका लागि गर्ने व्यवस्था शिक्षा ऐनमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस