उच्च अदालतका न्यायाधीशमा कोरोना सङ्क्रमण, चालक अस्पताल भर्ना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उच्च अदालतका न्यायाधीशमा कोरोना सङ्क्रमण, चालक अस्पताल भर्ना


प्रशासन संवाददाता

१० भाद्र २०७७, बुधबार


विराटनगर । उच्च अदालत विराटनगरका एक न्यायाधीशसहित दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजेटिभ आएको हो ।

न्यायाधीशसँगै उनका चालकमासमेत कोरोना पोजेटिभ देखिएको छ । सवारी चालकमा केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या देखिएपछि न्यायाधीश, अङ्गरक्षक र सवारी चालक तीनै जनाले भदौ ७ गते आइतबार स्वाब परीक्षणका लागि दिएका थिए ।

स्वाब परीक्षण गराएकामध्ये मंगलबार साँझ दुई जनाको पोजेटिभ र अङ्गरक्षकको रिपोर्ट नेगेटिभ आएको अदालत स्रोतले बताएको छ । कुनै लक्षण नदेखिएको तथा केही पनि समस्या नरहेका कारण सङ्क्रमण पुष्टि भएका न्यायाधीश अहिले ‘होम आइसोलेसन’मै रहेका छन् । उनका सवारी चालकलाई भने उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस