कुलमान घिसिङको फेक एकाउण्ट बनाइ समाचार सम्प्रेषण, भ्रममा नपर्न घिसिङको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कुलमान घिसिङको फेक एकाउण्ट बनाइ समाचार सम्प्रेषण, भ्रममा नपर्न घिसिङको आग्रह


प्रशासन संवाददाता

१० भाद्र २०७७, बुधबार


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फेक एकाउण्ट बनाइ समाचार सम्प्रेषण भएको पाइएको छ । मंगलबार कुलमान घिसिङ नामको ट्वीटर एकाउण्टबाट आफूलाई सरकारले पुनः नियुक्त गरेको भन्दै पोस्ट गरेको भटिएपछि निर्देसक घिसिङ्ले उक्त एकाउण्ट फेक भएको दाबी गरेका छन् ।

उनले आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको बताएका छन् । उनले भनेका छन्, ‘कुलमान घिसिङ नाम गरेका फेक एकाउण्टहरु खोलेर जथाभावी नलेखिदिनुहुन अनुरोध गर्दछु। बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएको छैन । आशा गरौ जो आउनुहुन्छ इमानदारीका साथ काम गर्नुहुनेछ।’

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पनि गलत समाचारको भ्रममा नपर्न आग्रह गरेका छन् । ‘मेरो फेक अकाउन्ट खोलि विभिन्न समाचारहरु सम्प्रेसन भएकोले मेरो यो वाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारि गराउँदछु ।’

मंगलबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गरिएको भन्दै समाजिक सञ्जालमा बधाईको ओइरो नै लागेको थियो । ।

कार्यकारी निर्देशक घिसिङले आफ्नो ‘फेक अकाउन्ट’ खोलेर गलत समाचार प्रसारण गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत गलत सूचनाको भ्रममा नपर्न आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस