कांग्रेस नेता गोविन्द रञ्जितको कोरोनाबाट मृत्यु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कांग्रेस नेता गोविन्द रञ्जितको कोरोनाबाट मृत्यु


९ भाद्र २०७७, मंगलबार


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-२१ का सभापति रञ्जितको मंगलबार दिउँसो १२ बजेर १७ मिनेट जाँदा मृत्यु भएको हो। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

कोरोना संक्रमणमा पुष्टि भएपछि साउन ३२ गते उनी अस्पतालको आइसीयूमा भर्ना भएका थिए। स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा उपचारत रहेका रञ्जितको मंगलबार मृत्यु भएको हो।

२०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस