गौरा पर्वको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गौरा पर्वको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइयो


८ भाद्र २०७७, सोमबार


डडेल्धुरा । सुदूरपश्चिमीलेको मुख्य चाड गौरा पर्वको सोमबार दोस्रो दिन। गौरा पर्वको दोस्रो दिन सोमवार व्रतालु महिलाले नजिकको धारा, कुवा तथा पानी पधेरोमा ‘बिरुडा’ लाई धोएर मनाएका छन्।

गौरा पर्वको पहिलो दिन आइतबार महिलाले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ५ प्रकारका अन्न भिजाएका थिए। पाँच प्रकारका अन्नमा गहुँ, केराउ, गहत, मास र गुरुस पर्दछन्। यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ।

अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका नदी, तलाउ, धारामा लगेर धुने चलन छ। व्रतालु महिलाहरूले बिहानै नुवाइधुवाइ गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने गरिन्छ। धान, साउँ, तिल, अपामार्ग लगायतका बोटबाट गौराको प्रतिमूर्ति बनाई शृङ्गार पटार गरेर गौराको पूजा गर्ने चलन रहिआएको छ।

नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गर्ने प्रचलन छ। दोस्रो दिन नदी, तलाउ तथा धारमा मनाइने गौरालाई ‘नानी गौरा’ भनिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस