ट्रम्पविरुद्ध कानुनी उपचार खोज्दै टिकटक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ट्रम्पविरुद्ध कानुनी उपचार खोज्दै टिकटक


एजेन्सी

७ भाद्र २०७७, आइतबार


Temporary Protected Status

काठमाडौं । चिनियाँ भिडिओ शेयरिङ एप टिकटकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध कानुनी उपचार खोजेको छ ।

राष्ट्रपति ट्रम्पले टिकटकको स्वामित्व भएको कम्पनी बाईटडान्ससँग कारोबार गर्न निषेध गरेपछि टिकटकले ट्रम्पविरुद्ध कानुनी उपचार खोजेको हो ।

ट्रम्पले लगाएको प्रतिवन्धमाथि यसै साता कानुनी उपचार सुरु हुने बताइएको छ ।

ट्रम्पले अमेरिकामा मध्यसेप्टेम्बरदेखि टिकटकसँग कारोबार निषेध गर्न एउटा कार्यकारी आदेश दिएका थिए ।

राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनीहरुले अमेरिकाको राष्ट्रिय सुरक्षामा, विदेश नीति र अर्थतन्त्रलाई खतरामा पार्ने बताएका छन् । चीनलाई उक्त एपले सम्पूर्ण गोप्य सूचना दिने ट्रम्पले आरोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस