२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मलाई विचारको सङ्गठन चाहिएको छ’

कविता 

अ+ अ-

मलाई विचारको सङ्गठन चाहिएको छ
देशको सीमा मिचिएको बेला,
गैह्र नागरिकको आगमनले
जनसङ्ख्या अतिक्रमण बढ्दै गएको बेला,
विकास र सहयोगका नाममा
राष्ट्रिय हित र सुरक्षामा आँच पुग्ने
पराइहरूका गतिविधि हुन नदिन,
राष्ट्रियताको पक्षमा सशक्त आवाज उठाउने,
राष्ट्रियताको पहरेदार गर्ने
मलाई विचारको सङ्गठन चाहिएको छ।

मलाई सेवा सुरक्षा चाहिएको छ
मलाई समान अवसर चाहिएको छ
श्रमको उचित मूल्य सहित
श्रमिकको समृद्धिका लागि
सुनिश्चित भविष्यका लागि
सङ्गठनको गौरवमय इतिहासलाई
माथि उठाउन
सङ्घर्ष गर्न बाटो देखाउने
मलाई विचारको सङ्गठन चाहिएको छ।

श्रम, सीपसहितको रोजगारीका लागि
सभ्य, सुसंस्कृत, राष्ट्रियता प्रेमी
सामाजिक चेतना जगाउने
राष्ट्रका असल कर्णधार जन्माउने
गुणस्तरीय शिक्षा पद्धतिको लागि
सङ्घर्ष गर्न बाटो देखाउने
मलाई विचारको सङ्गठन चाहिएको छ।

निस्वार्थ सेवा भावले राष्ट्रको सेवा गर्न
कामको कदर र उचित मूल्याङ्कन गर्ने
निष्पक्ष, तटस्थ व्यवस्थापनका लागि
सशक्त आवाज उठाउने
मलाई विचारको सङ्गठन चाहिएको छ।

लक्ष्य कता हो ? थाहा पाउने
बाटो देखाउने
र बाटोमा यात्रा गर्न अगुवाइ गर्ने
कुशल नेतृत्व भएको
मलाई विचारको सङ्गठन चाहिएको छ।

सबै खाले अवसरवाद,
आत्मकेन्द्रीत सोचको अन्त्य गरी
सामूहिक हितका लागि
निरन्तर सङ्घर्ष गर्ने बाटो देखाउने
मलाई विचारको सङ्गठन चाहिएको छ
मलाई विचारको सङ्गठन चाहिएको छ।