कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु


५ भाद्र २०७७, शुक्रबार


वीरगञ्ज । कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको हो।

मुटु रोगी रहेका ति पुरुष साउन ३१ गते नारायणी अस्पतालको आइसीयूमा भर्ना भएका थिए। साउन ३२ गते उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो। पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई नारायणी अस्पतालबाट वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगिएको थियो।

मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ ।

आइसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो।

योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा २५ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् ।

जेठ ३१ गते वीरगन्जको घण्टाघरमा मृत भेटिएका एक संक्रमित युवकको भने पहिचान खुलेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस