२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सहसचिव राजदूत सिफारिस, युवा स्वरोजगार कोषको उपाध्यक्षमा रोका

अ+ अ-

काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयका तीन सहसचिवलाई राजदूतमा सिफारिस गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि परराष्ट्र कोटाअन्तर्गत राजदूत सिफारिस गरेको हो ।

पाकिस्तानमा र जर्मनीमा भदौ मसान्तमा रिक्त हुँदैछ भने बेल्जियममा कात्तिक तेस्रो साता रिक्त हुँदैछ । राजदूत पद रिक्त हुनुभन्दा ३ महिनाअघि सिफारिस गर्न सकिने प्रावधानअनुसार, मन्त्रालयले वरीयता आधारमा नाम पठाएको थियो ।

अबको ३ महिनाभित्रमा बेलायत, इजिप्ट, ब्राजिल, रुस, अष्ट्रियासहितका मुलुकमा राजदूत पद रिक्त हुँदैछ । त्यसबाहेक पनि २ वर्षयता दक्षिण कोरिया, श्रीलंका, दक्षिण अफ्रिकालगायतका मुलुकमा राजदूत रिक्त छन् ।

अमेरिकास्थित राजदूत अर्जुन कार्कीको ४ वर्षे कार्यकाल सकिएको झन्डै १ वर्ष पुग्न लागे पनि ‘अर्को व्यवस्था नभएसम्म’ भन्दै कार्कीलाई नै निरन्तरता दिइँदै आएको छ । सो ठाउँमा खास र विशेष व्यक्ति पठाउन सकिने स्रोत बताउँछ । असोजमा अनिवार्य अवकाश लिँदै गरेका परराष्ट्र सचिव शङ्कर वैरागी पनि लन्डन या वासिङ्टनमा राजदूत भएर जान सक्ने बताइए पनि राजनीतिक तालमेल र सहमति जुटेमा मुख्यसचिवकै लागि लागेका छन् । यद्यपि यसअघि पनि उनी पोस्टिङ नगई मुख्यसचिव नै हुने भनेर बसेका थिए ।

यसबिचमा मुख्यसचिव लोक दर्शन रेग्मीलाई अनिवार्य अवकाश अघि नै व्यवस्थापन गर्नुपरेको अवस्थामा पनि वासिङ्टन सुरक्षित राखिएको चर्चा पनि उच्च तहमा चल्ने गरेको छ । तर आकर्षक मानिने अमेरिकामा रेग्मीलाई नै पठाइ हाल्ने सम्भावना पनि कमै देखिन्छ ।

यस्तै बैठकले प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ। भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन्। यसअघि किशोर श्रेष्ठलाई काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो ।

सरकारले युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ।