धनगढीमा बैंकका कर्मचारीमा देखियो कोरोना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धनगढीमा बैंकका कर्मचारीमा देखियो कोरोना


१ भाद्र २०७७, सोमबार


धनगढी । धनगढीमा रहेको एक बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा सोमवार भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाको चौराह नजिक रहेको ग्लोबल आईएमई बैंकका एक कर्मचारीमा संक्रमण देखिएको हो।

बैंकमा कार्यरत २६ वर्षीय युवकमा कोरोना देखिएको हो। ती युवक धनगढी उप–महानगरपालिका वडा नम्बर-४ मा डेरा गरी बस्दै आएका छन्। बैंकका व्यवस्थापक शम्भु जोशीले एक जना कर्मचारीमा संक्रमण देखिएको बताउँदै अन्य सबै कर्मचारीको समेत परीक्षण गर्ने जानकारी दिए।

‘सुरुमा तीन जना कर्मचारीको स्वाब दिएका थियौँ,’ उनले भने, ‘एक जनामा संक्रमण देखिएको छ। बाँकी कर्मचारीको अब परीक्षण गर्छौ।’

कर्मचारीमा संक्रमण देखिएपछि केही दिनका लागि बैंक बन्द गर्ने वा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस