अछाममा खोलाले बगाउँदा २ जनाको मृत्यु, २ बेपत्ता « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

अछाममा खोलाले बगाउँदा २ जनाको मृत्यु, २ बेपत्ता


३२ श्रावण २०७७, आइतबार


अछाम । अछाम र कालिकोटको सीमामा पर्ने कालिकोटको नरहरिनाथ गाउँपालिका-७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका ४ बेपत्ता भएका छन् ।

शनिवार बेलुका ६ बजेतिर दिदीको घरमा भेटघाटमा जान लागेका एकै परिवारका ४ जनालाई दुदुली खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

अछामबाट माल्कोट माइती आएकी ३३ वर्षीया देवा बोहरा, उनकी १४ वर्षीया छोरी बिपना बोहरा, ७ वर्षीय छोरा हेमन्त बोहरा र १ वर्षीया आकृति बोहराको दुदुली खोलाले बगाउँदा बेपत्ता भएको अछामका प्रहरी नायब उपरीक्षक योगेन्द्र थापाले बताए ।

उनका अनुसार २ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । बेपत्ता भएकाको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस