अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन


एजेन्सी

३२ श्रावण २०७७, आइतबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्का भाइको ७१ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रपति ट्रम्पले आफ्ना भाइ र ‘मिल्ने साथी’को निधन भएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

डोनल्ड ट्रम्प भन्दा दुई वर्ष कान्छा रोबर्टको न्यूयोर्कस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति ट्रम्पले बताएका छन् । उनी दुई दिन अघि मात्रै आफ्नो भाइलाई अस्पतालमा भेट्न गएका थिए । उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रोबर्टलाई गाह्रो भएरहेकोा बताएका थिए ।

शनिबारराष्ट्रपति ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफ्नो भाइको मृत्यु भएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘म दुःखका साथ भन्छु मेरा भाइ रोबर्टको आज राति मृत्यु भएको छ, उनी मेरा भाइ मात्रै थिएनन्, मेरा मिल्ने साथी पनि थिए, उनको सम्झना मेरो मनमा सदैव रहिरहने छ।’

ट्रम्का सबै भन्दा कान्छा भाइ थिए रोबर्ट । ट्रम्प परिवारका पाँ छोराछोरी मध्ये सबै भन्दा कान्छा उनी नै रहेको बताइएइको छ । ट्रम्पका जेठा दाजुको सन् १९८१ मा निधन भइसकेको छ ।

यद्यपि उनको निधनको कारण भने खुल्न सकेको छैन । तर अमेरिकी सञ्चार माध्यमहरुले भने उनी गम्भीर बिरामी थिए । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस