मुख्यमन्त्री पौडेलद्वारा लिदी पहिरोस्थलको अवलोकन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुख्यमन्त्री पौडेलद्वारा लिदी पहिरोस्थलको अवलोकन


३१ श्रावण २०७७, शनिबार


सिन्धुपाल्चोक । लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पुगी घटनास्थलको अवलोकन गरेक छन् ।

मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सरेश नेपाललगायतको टोली पहिरोस्थल पुगी घटनास्थलको अवलोकन गरेको हो ।

त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई अहिले अस्थायी रुपमा नजीकै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र तत्काल सो कार्य गरिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री दुलालले जानकारी दिए ।

त्यस्तै दीर्घकालीन रुपमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सारिने उनले बताए । पहिरामा परी हालसम्म १२ जनाले ज्यान गुमाइसेका छन् भने अझै २६ जना बेपत्ता छन् । वाग्मती प्रदेश सरकारले बाढीपीडितलाई सुरक्षित स्थानमा प्रदेश सरकारले नै पूरै घर निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस