प्रदेश ५ सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना


प्रशासन संवाददाता

३० श्रावण २०७७, शुक्रबार


बुटवल । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेलका अनुसार मन्त्रालयका एक कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

एकजना कर्मचारीमा संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा आएका व्यक्ति तथा मन्त्रालयमा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गर्ने काम सुरु भएको पौडेलले बताए ।

स्वाब संकलनपछि रिपोर्ट नआउन्जेल सबै कर्मचारीलाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस