डडेल्धुरा सदरमुकामको सडक साँघुरो भयो भन्दै बोलन्या थलीको ‘शव’ प्रदर्शन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डडेल्धुरा सदरमुकामको सडक साँघुरो भयो भन्दै बोलन्या थलीको ‘शव’ प्रदर्शन


ममता भट्ट

२७ श्रावण २०७७, मंगलबार


डडेल्धुरा । डडेल्धुरामा बोलन्या थलीले ‘शव’ प्रदर्शन गरेको छ। मंगलबार दिउँसो जिल्ला सदरमुकामको भीमदत्त सालिक निर बोलन्या थलीले ‘शव’ प्रदर्शन गरेको हो।

बोलन्या थलीले ‘आहा! सफा, सौन्दर्य र फराकिलो सडक’, ‘कोरोनाले होइन, दुर्घटनाले मरिएको छ’, ‘म त गए माथि, तिमी बाच है साथी’, ‘सडक चौडा खै, म त स्वर्ग पुगे बरी लै’, ‘लगायतका नारा दिएर प्रदर्शन गरेको थियो।

‘शव’ बनेर विकास निमार्णको कार्यमा अवरोध गर्नेका विरुद्ध प्रदर्शन गरेका बोलन्या थलीका संयोजक यादव जोशीले बताए। उनका अनुसार स्थानीयहरूले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै दबाब स्वरूप प्रदर्शन गरिएको हो।

बजेट विनियोजन भई टेन्डर प्रक्रियामा गइसकेका बेला व्यापारीले सर्वोच्चमा मुद्दा दायर गरेर निर्माण कार्य रोकेको भन्दै ‘शव’ बनेर सडक बनाउन दबाब दिएको जोशीको भनाइ छ।

डडेल्धुरा सदरमुकामको साँघुरो सडकका कारण दुर्घटनाको जोखिम उच्च छ। ७ पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकाममा दैनिक जसो जाम लाग्ने गरेको छ। जसका कारण हिँडडुल गर्न समस्या हुने स्थानीय बताउँछन्।

सडक विस्तारका लागि संघीय सरकारबाट ४४ करोडको बजेट विनियोजन भएको थियो। सडक विस्तारका लागि टेन्डर समेत भइसकेको अवस्थामा बागबजारका केही व्यापारीले क्षतिपूर्ति माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। जसका कारण अहिले सडक विस्तारको काम रोकिएको छ। सोही विषयलाई लिएर बोलन्या थलीले सदरमुकामको बागबजारमा प्रदर्शन गरेको हो।

यसअघि आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ रु आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौँला रु रिभर्स माइग्रेसनको व्यवस्थापन गरौँ१ भन्ने नारासहित बोलन्या थलीले डोटीको सेती नदीको पुलमा टुकी बालेको थियो।

त्यस्तै आश्वासन अति भो, धैर्य गर्ने कति हो ?, आश्वासनका २२ वर्ष पश्चिम सेती कहिले बन्छ ?, ‘हिजो आशा मर्‍यो, आज जवानी मर्दै छ, भोलि सपना मर्ने छ’ लगायत नारासहित बोलन्या थलीले कचौरा लिएर काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन समेत गरेको थियो।

सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र सङ्गीत सङ्घर्ष कार्यक्रम समेत गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस