धनुषामा कोरोना संक्रमणबाट अस्पतालको सुरक्षा गार्डको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

धनुषामा कोरोना संक्रमणबाट अस्पतालको सुरक्षा गार्डको मृत्यु


२६ श्रावण २०७७, सोमबार


जनकपुरधाम । धनुषाको जनकपुरधाम -२ कदम चोकस्थित विनय तारा फाउण्डेशन अस्पतालको सुरक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जनकपुरको कदमचोक–कपिलेश्वर सडक खण्डको विनय तारा फाउण्डेशन अस्पतालका गार्डको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

जनकपुरधाम उप–महानगरपालिका- २ स्थित बिनयतारा फाउडेशन क्यान्सर अस्पतालमा गार्डको काम गर्दै आएका धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललिया बस्ने पुरुषको रिपोर्ट पोजिटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

आइतबार मृत्यु भएको उनलाई कोरोनाको लक्षण आशंका गरिएको थियो । मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईले उनमा कोरोनाको पुष्टि भएको र सो क्षेत्रमा कन्टयाक्ट ट्रयासिङ सुरु गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस