कैलालीमा बाढीले बगाएर १ जना बेपत्ता, धनगढी डुबानमा « प्रशासन
prasaLogo
२६ श्रावण २०७७, सोमबार

कैलालीमा बाढीले बगाएर १ जना बेपत्ता, धनगढी डुबानमा


प्रकाशित मिति : 10 August, 2020 1:24 pm

कैलाली । आइतबार परेको अविरल वर्षासँगै आएको बाढीका कारण कैलालीमा एक जना पुरुष बेपत्ता भएका छन् ।

महोन्याल गाउँपालिका–३ पिपल खेतका ५४ वर्षीया दानबहादुर विष्ट बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

आइतबार गाउँपालिकामा रहेको गेदान खोला तर्ने बेला विष्टलाई बगाएर लगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनको खाजी कार्य भइरहेको उनको भनाइ छ ।

त्यसै गरी बर्षाले धनगढी उपमहानगर क्षेत्रमा रहेका २५ वटा कच्ची घरमा क्षति पुगेको छ भने २५० घर डुबानमा परेको उनले बताए । धनगढी उपमहानगरपालिका २, ३, ४, ८, र ५ मा रहेका घरमा बढी क्षति पुगेको प्रहरी निरिक्षक थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस