सामान्य प्रशासन मन्त्रीसहित कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामान्य प्रशासन मन्त्रीसहित कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन


२६ श्रावण २०७७, सोमबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरूको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

सोमबार मन्त्री हृदयेश त्रिपाठीसहित मन्त्रालयका सबै कर्मचारीहरूको स्वाब संकलन गरिएको हो ।

देशभरिका कर्मचारीको व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी बोकेको मन्त्रालयमा बढ्दो जनसम्पर्कलाई मध्यनजर गर्दै मन्त्रीसहित सबै कर्मचारीहरूको कोरोना परीक्षण गरिन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस