१५ वर्षीय किशोरीसहित चन्द समूहका तीन कार्यकर्ता पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

१५ वर्षीय किशोरीसहित चन्द समूहका तीन कार्यकर्ता पक्राउ


२५ श्रावण २०७७, आइतबार


कर्णाली । जिल्ला प्रहरी कार्यालय जुम्लाले १५ वर्षीय किशोरीसहित नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले तिला गाउँपालिका–७ जुम्ला घोडेसिन गाउँबाट शनिबार बेलुका उनीहरूलाई पक्राउ गरेको हो । घोडेसिन गाउँमा चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

पक्राउ पर्नेमा हिमा गाउँपालिकाका–७ जुम्ला पातरखोलाका १५ वर्षीया सपना बुढा, सोही वडाका २९ वर्षीय नन्दबहादुर तिरुवा र सोरु गाउँपालिका–६ मुगु निवासी २९ वर्षीय रक्षक भनिने राजबहादुर भाम रहेका छन् । किशोरी सपनाको मुद्दा प्रक्रिया विषयमा अधिवक्ताको सल्लाह लिएर अनुसन्धान कार्य अगाडि बढाइने प्रनाउ धामीले बताए । उनका अनुसार चन्दा सङ्कलनको रसिदलगायतका कागजातसहित उनीहरुलाई समातिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस