सुनको मुल्यमा निरन्तर बृद्धि, प्रतितोला १ लाख २ हजार ५ सय पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मुल्यमा निरन्तर बृद्धि, प्रतितोला १ लाख २ हजार ५ सय पुग्यो


२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । नेपालमा सुनको मुल्य निरन्तर रुपमा बृद्धि भइरहेको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको मुल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ५ सयमा रुपैयाँमा कारोबार भएको र तेजाबी सुन मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्र अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस