२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन

अ+ अ-

इवरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।

आज बसेको सरोकारवालासँगको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएका कारणले २६ गते सोमबारसम्म बजार क्षेत्रमा पूर्णरुपले लकडाउने गर्ने निर्णय गरेको हो । इनरुवा–१ का एक जनामा कोरोना भाइरस पोजेटिभ भेटिएपछि त्यसलाई नियन्त्रण गर्न र अन्य व्यक्तिमा सङ्क्रमण फैलिन नदिनका लागि बजार क्षेत्रका अतिआवश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिए ।

नगरपालिकाले बजार क्षेत्रभित्र रहेका सम्पूर्ण पसल, होटल, सार्वजनिक याताताय, सिटी सफारी, टेम्पोलगायतका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख मेहताले बताए ।

त्यसैगरी नगर क्षेत्रमा रहेका कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकबाहेकका सबै बैंक तथा वित्तीय संस्था, नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरेको नगरप्रमुख मेहताले जानकारी दिए।

सङ्क्रमण भेटिएका एक जना व्यापारीको क्लोज कन्ट्रयाक्टमा आएका ६५ जनाको बुधबार स्वाब सङ्कलन गर्ने, इनरुवाका १० वटै वडाबाट प्रतिवडा ५० जनाको दरले स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइने, पिसिआर परीक्षणको दायरा बढाउने निर्णय भएको नगरपालिकाका स्वास्थ्य शाखाका मिश्रीलाल मेहताले बताए । नगरपालिकाको निर्णयलाई उल्लङ्घन गरेको पाइएमा सिधै क्वारेन्टिइनमा त्यस्ता व्यक्तिलाई राख्नेसमेत नगरपालिकाले जनाएको छ ।