प्रतिपक्षीलाई प्रधानमन्त्रीले भने : यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध ! « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रतिपक्षीलाई प्रधानमन्त्रीले भने : यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध !


प्रशासन संवाददाता

२० श्रावण २०७७, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दललाई कोरोना भाइरसको महामारीलाई विरोध गर्ने अवसरका रुपमा नलिन आग्रह गरेका छन् ।

मंगलबार कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामबारे छलफल गर्न बालुवाटारमा प्रतिपक्षी दल र विज्ञसहितको टोलीसँग प्रधानमन्त्री ओलीले सरकार बाहिर रहेका दलहरुले संकटलाई विरोध गर्ने अवसरको रुपमा प्रयोग गरिरहेको बताएका हुन् ।

‘यो संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ । यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । ‘कहिले लकडाउन किन गरेको भनेर विरोध, ‘कहिले लकडाउन किन खोलेको भनेर विरोध, प्रधानमन्त्रीको भनाइ थियो, ‘यो महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । जसका लागि सामाजिक अनुशासन चाहिन्छ, विरोधको अवसरका रूपमा लिने हैन ।’

आजको बैठकमा जनस्वास्थ्य विज्ञसहित कांग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस