बलात्कारको आरोपमा गोरखाका एक वडाध्यक्ष पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बलात्कारको आरोपमा गोरखाका एक वडाध्यक्ष पक्राउ


प्रशासन संवाददाता

२० श्रावण २०७७, मंगलबार


गोरखा । जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।

चौध वर्षीया किशोरीलाई ‘बिहे गर्छु भन्दै पटक-पटक जवरजस्ती करणी गदै आएका वडा अध्यक्ष परिवारले दिइएको जाहेरीको आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ ।

बिहे गर्ने प्रलोभन देखाउदै उनले किशोरीमाथि जवरजस्ती शारिरीक सम्बन्ध राख्दै आएको अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिएको र वडा अध्यक्षलाई पक्राउ गरेको एसपी सुरेन्द्र बहादुर गुरुङले बताए

अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको एसपी गुरुङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस