Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

थोत्रा सवारीसाधन हटाई वातावरणमैत्री कार्यालय बनाउन माग गर्दै सर्वोच्चमा रिट


१९ श्रावण २०७७, सोमबार


High Court_Sarbocha adalat

काठमाडौं । सर्वोच्च अदालतमा नेपालभरका पुराना थोत्रा गाडी हटाई सफा गरी हरेक कार्यालय स्वच्छ तथा वातावरणमैत्री कार्यालय बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालयसहित १४ लाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा आज दायर गरेको निवेदनमा पुराना प्रयोगमा नआउने सवारी साधनमा तत्काल आर्थिक क्षति तथा वातावरणमा प्रदूषण भएको हुँदा रोक्न माग गरिएको हो ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाअन्तर्गत सबै कार्यालय, संवैधानिक निकाय, आयोग, सचिवालय र सबै पदाधिकारी तथा कर्मचारी, स्वायत्त संस्था लगायतमा पुराना सवारी साधन जताततै राखिएका हुँदा जनताले तिरेको करको ठूलो मात्रामा आर्थिक क्षति तथा वातावरण्मा असर परेको उल्लेख छ ।

वर्षौंदेखि खुला घामपानीमा राखिएका सवारी साधन हाल कवाडी, फोहर र स्थान ओगटेका कारण दिनानुदिन जनताको करबाट खरिद गरेकाले आर्थिक क्षति हुनाका साथै उक्त पुरानो सवारी साधन कवाडी भई सकेकाले त्यसबाट माटो, माटोमुनिको पानीको स्रोतमा समेत विभिन्न हानिकारक रसाइन मिसिन गई वातावरणीय प्रदूषण भई समग्र कर्मचारी, सेवाग्राही र अन्य जोकोही व्यक्तिलाई समेत वातावरणीय प्रदूषण भइरहेको उल्लेख छ ।

निवेदनको अन्तिम किनारा नभएसम्म सिंहदरबार परिसरभित्र रहेका र समग्र देशैभरका प्रयोगमा नआउने सवारी साधनलाई विपक्षीको कार्यालय क्षेत्रबाट हटाई व्यवस्थित डम्पिङ साइटका लागि व्यवस्थापन गर्नु/गराउनु, डम्पिङ साइटमा लगी व्यवस्थापन गर्न तत्काल नमिल्ने भए तत्काल लिलाम प्रक्रिया शुरु गरी राज्यकोषमा रकम जम्मा गर्न माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस