२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आ-आफ्नो अडानका साथ नेकपा अध्यक्षद्वयबीच वार्ता जारी

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल शुरु भएको छ ।

हिजो भएको वार्तामा पनि दुवैजना अध्यक्ष आ–आफ्नो अडानमा अडिग भए पनि वार्तालाई निरन्तरता दिनेमा दुवैजनामा सहमति भए अनुसार छलफल भइरहेको छ । आजको छलफलमा पनि सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई साथमा राखिएको छ ।

साउन १३ गते बसेको स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीलाई निकास दिने जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले हिजोदेखि प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेका छन् । हिजो भएकै वर्ताको निरन्तरता आजको वार्ता रहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले महाधिवेशन गराएर पार्टीको विवादलाई निकास दिनुपर्छ भन्ने अडानमा छन् भने अध्यक्ष प्रचण्डले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट निकास निकाल्नुपर्ने अडानमा छन् ।

अध्यक्ष प्रचण्डले हिजोको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई स्वेच्छाले प्रधानमन्त्री वा अध्यक्ष एउटा कुनै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष प्रचण्डको आग्रह थियो ।

प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भने कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको छ । अध्यक्ष ओलीले आफू कुनै पनि हालतमा राजीनामा नदिने बरु महाधिवेशन गरेर महाधिवेशनबाट नेतृत्व चयन गरौँ भन्ने प्रस्ताव गरेका छन् ।

तर अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य माधवकुमार नेपाललगायतका नेताहरुले दुईटा पदमध्ये एउटाबाट राजीनामा दिनुपर्ने भन्दै आएका छन् तर प्रधानमन्त्री ओली त्यसप्रति कुनै ध्यान दिएका छैनन् । यसले गर्दा प्रधानमन्त्री अ‍ोली र अध्यक्ष प्रचण्डबीच दुरी बढ्दै गइरहेको थियो ।