मेलम्ची पहिरोबाट ५ शव निकालियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेलम्ची पहिरोबाट ५ शव निकालियो


प्रशासन संवाददाता

१९ श्रावण २०७७, सोमबार


काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु बसेको बसेको घरमाथिबाट आएको पहिरोमा पुरिएका आठ मध्ये पाँच जनाको शव फेला परेको छ । मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ ।

उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो ।

प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । डीएसपी काफ्लेका अनुसार उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । थप उपचारका लागि धुलिखेल लैजाने तयारी गरिए पनि बाटो अवरुद्ध भएकाले लैजान नसकिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस