कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो


१६ श्रावण २०७७, शुक्रबार


काठमाडौं । काठमाडौँ उपत्यकामा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीय महिलाको मृत्यु भएको हो ।

पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार स्टार हस्पिटल सानेपामा कोभिड–१९ को परीक्षण गराएकी महिलामा सङ्क्रमणको पुष्टि भएपछि पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनलाई साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएकोमा आज बिहान मृत्यु भएको निर्देशक शर्माले जानकारी दिए । निमोनियाबाट ग्रसित उनको श्वास लिन समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

ललितपुरमा एक जनाको मृत्युसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । यसअघि पर्सामा बिहीबार र शुक्रबार बिहान गरी तीन जनाको सङ्क्रमणबाट मृत्युको पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीय महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस