सूचना विभागको महानिर्देशकमा किरण राज शर्मा नियुक्त « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सूचना विभागको महानिर्देशकमा किरण राज शर्मा नियुक्त


१२ श्रावण २०७७, सोमबार


काठमाडौँ । सूचना तथा प्रसारण विभागको महानिर्देशकमा सहसचिव किरणराज शर्मा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार वरिष्ठ सहसचिव शर्मालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका शर्माको केही दिन अघि मात्रै मन्त्रालयमा सरुवा भएको थियो । यस अघि संघीय मामिला तथा सामान्य प्रशासन, वन मन्त्रालय र लोक सेवा आयोग लगायतमा काम गरी सकेका शर्मा प्रशासन क्षेत्रमा विवादरहित व्यवसायीक प्रशासकका रूपमा चिनिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस