भदौ १५ बाट विद्यालय तहमा पठनपाठन सम्भव होला ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भदौ १५ बाट विद्यालय तहमा पठनपाठन सम्भव होला ?


प्रशासन संवाददाता

१२ श्रावण २०७७, सोमबार


काठमाडौं । सरकारले भदौ १५ बाट विद्यालय तहमा पठनपाठन सञ्चालन गर्ने तयारी गरेको छ । भदौ १ देखि भर्ना गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै १५ गतेदेखि पठनपाठन गर्ने तयारी गरेको हो ।

सरकारले यस अघि नै भदौ १ गतेदेखि विद्याथी भर्ना तथा परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । तर साउन महिनाको अवस्था विश्लेषणगरी अन्तिम निर्णय गरिने योजना सरकारको छ ।

कोरोना संक्रमण नबढेमा भदौ १५ बाट पठनपाठन सञ्चालन गर्ने शिक्षा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस