सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी अर्याल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी अर्याल


११ श्रावण २०७७, आइतबार


काठमाडौं । सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई दिइएको छ । अर्याललाई आइतबार प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको छ ।

अर्याल यसअघि प्रदेश २ स्थित सशस्त्र प्रहरी बाहिनीमा कार्यरत थिए । यसअघि प्रवक्ता रहेका प्रवीणकुमार श्रेष्ठको उपत्यका बाहिनीमा सरुवा भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस