साउनको व्रत : उनका शर्तै शर्त ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साउनको व्रत : उनका शर्तै शर्त !


१० श्रावण २०७७, शनिबार


बाटोभरि हरिया पहेँला चुराको सजावट, हातखुट्टामा मेहेन्दीको रङ्गाइ अहो ! बडा राम्रा-राम्रा मान्छे देख्न पाइने यो साउनको महिना । नेपाली समाज रीतिरिवाज र चालचलनको खानी नै हो । अझ आयातित परम्परा को सिको गर्न त नेपालीका लागी के नै नौलो भयो र । जब हरिया चुरा र मेहेँदिमा रङ्गिने दिन आउँछ तब आउँछ व्रत अनि सर्त का कुरा । ऊ बेला असारभरि खेतबारीको हिलोमा काम गर्दा गर्दै थकित भएको शरीर, मैलो भएको शरीर चटक्क सफा गरेर साउनमा सक्रान्ती मनाएर लुतो फालेपछि साउन सुरु हुन्य्यो । चुरापोते सधैँ हात र गलामा हुन्थे । लगाउँछ साउन कुर्न कहाँ पर्थ्यो र ? ऊ बेला कति मिठो मायाप्रेम हुन्थ्यो, गाउँघरका रोधी र दोहोरीको आनन्द बेग्लै थियो । मागी विवाह हो को नचिनेको मान्छेसँग कुराकै भरमा बिहे गरिन्थ्यो ।

श्रीमान् श्रीमतीमा नत कुनै सर्त हुन्थे नत कुनै टकराब । दु:ख गर्‍यो एक छाक मिठो मसिनो खायो, नत कुनै सामाजिक सञ्जाल नत अरू कुनै गफिने माध्यम दु:ख सुखका कुरा हुन्थे अर्म पर्म चल्थ्यो क्या ! बडो आत्मीयता थियो । जमाना कहाँ त्यस्तो रह्यो र असारमा खुट्टामा प्लास्टिक बेरेर रोपाइको उद्घाटन गरिन्छ, चामल किनेर खाइन्छ । कृषि कर्म गर्नेलाई खिसी ट्युरी गरिन्छ । परिस्थिति यस्तो छ । साउने सक्रान्ती मनाउने लुतो फाल्ने भन्ने कुरा त कथामा मात्र सीमित हुदैछ , त्यो त गरेकोलाई मात्र थाहा छ । आजकलकोलाई त स्क्याबिच ट्रिटमेन्ट मात्र थाहा छ । तर लुतो फाल्नुको महत्त्व के थाहा होस र ? तर देखासीखीकै भरमा भएनी साउनमा आफ्ना प्रिय मान्छेको लागी व्रत बस्ने चलन चाहिँ बढेको पाइन्छ तर विभिन्न शर्तै शर्तैमा ।

एक जना महिलाले आफ्नो विवाहित श्रीमान् लाई विभिन्न सर्त तेर्छाँउँछिन र भन्छिन्, प्रिय मान्छे म तिम्रो लागी एक छाक खाना खाएर साउनमा व्रत बस्दै छु तिमीले नत बाहिर केही खाना पाउँछौ नत कहीँ कतै घुम्न पाउँछौ, मलाई व्रत बस्दा गाह्रो हुन्छ, भान्साको काम तिमी आफै गर्नुपर्छ, कपडा तिमी आफै धुनुपर्छ लगायतका यावत शर्तै सर्त । बिचरा श्रीमान् नमान्नु पनि कसरी आफ्नो लागि व्रत बसेको छ मान्नु अनेकौँ सर्त राखेको छ ।

उता अविवाहितहरूले त झन् कडा कडा शर्तै सर्त । तिमलाई पाउन म कडा व्रत बसेकी छु दाँया बायाँ आँखा लगाउने होइन । म बाहेक अरूसँग तिमी हिँड्न पाउँदैनौ, मादक पदार्थ खाने साथी भाइसँग रमाइलो गर्ने होइन यस्तो गर्‍यो भने ब्रेकअप नै हुन्छ भन्नेसम्मका कुराहरू सुन्न पर्दछ । जे होस सर्त चाहिँ गजब गजबका । जे भए पनी यो सबै जुराइदिएको चाहिँ हाम्रो साउनको महीमा हाम्रा चालचलनको प्रभाव र हाम्रा धर्म ग्रन्धहरुको प्रभाव न हो । जे जसरी समाज आधुनिकतातर्फ धकेलीएता पनि सिको चाहिँ परम्परादेखिको नै भएको छ,तर आधुनिक रूपमा ।

तात्पर्य के हो भने व्रत बस्नु शरीरको लागि अत्यन्तै राम्रो हो, तर अरू कोही पाउनको लागि अरू कसैको आयुको लागि भन्ने कुरामा कुनै विश्वास छैन । तर आफ्नो लागि आफ्नो शरीरको लागि व्रत बस्नु चाहिँ अत्यन्तै फलदायक छ । नत कुनै सर्त, नत कुनै लेनदेन । आफ्नो लागि आफै व्रत नो सर्त ।

Tags :
प्रतिक्रिया दिनुहोस