२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रित्तियो सेती प्रादेशिक अस्पतालको आइसोलेशन

अ+ अ-

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा उपचाररत कोराना सङ्क्रमित उपचार भई सबै जना डिस्चार्ज भएपछि हाल आइसोलेशन वार्ड खाली भएको छ ।

प्रादेशिक अस्पतालमा ८० जना कोरोना सङ्क्रमित उपचार भएर डिस्चार्ज भएपछि साउन ६ गतेदेखि आइसोलेशन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनले सङ्क्रमित र शङ्कास्पद गरी १७३ जना अस्पतालको आइसोलेशनमा भर्ना भएका र उपचारपछि सबै डिस्चार्ज भइसकेको बताए ।

सरकारले होम आइसोलेशनमा बस्न पाउने निर्देशिका बनाएसँगै सम्बन्धित स्थानीय तहले पनि आआफ्नो ठाउँमा क्वारेन्टिन तथा आइसोलेशन निर्माण गरेपछि बिरामी आफ्नो पायक पर्ने स्थानमा गई उपचार गराउने भएकाले प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित घटेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जटिल किसिमका समस्या आएमा मात्र अस्पतालमा उपचारका लागि आउने र जटिल अवस्था पनि छैन, लक्षण पनि देखिएको छैन तर पोजेटिभ देखिएको छ भने बिरामी होम आइसोलेशन अथवा नजिकको स्थानीय निकायको आइसोलेशनमा बस्ने गरेकाले पनि सेतीमा सङ्क्रमित नथपिएको हुन सक्ने उनको भनाइ छ ।

प्रादेशिक अस्पतालको आइसोलेशनमा कैलाली, कञ्चनपुरलगायत प्रदेशका नौवटै जिल्लाका कोरोना सङ्क्रमित बिरामी रही उपचार गराएको बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै सेती प्रादेशिक अस्पतालअन्तर्गत रहने गरी धनगढीमा ५० श्ययाको छुट्टै कोरोना अस्पताल निर्माण गरेको थियो ।