साढे पाँच लाख घुस रकमसहित वन कार्यालयका प्रमुख पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साढे पाँच लाख घुस रकमसहित वन कार्यालयका प्रमुख पक्राउ


९ श्रावण २०७७, शुक्रबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहलाई ५ लाख ५३ हजार नगतसहित पक्राउ गरेको छ ।

घुसबापत लिएको उक्त रकम लिएर सुनसरीबाट रौतहटतर्फ गइरहेका उनलाई इटहरीबाट खटिएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका अनुसार डिभिजन वन कार्यालयको बा २ झ ४१० नम्बरको सवारी साधानमा श्रीमतीसहित रौतहट गइरहेका उनले उक्त रकम सवारी साधनमा लुकाएको उजुरी परेपछि नियन्त्रणमा लिइएको हो ।

उनीहरुमाथि थप अनुन्धान सुरु भएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस