घुस लिएको आरोपमा इन्जिनियर र सव-इन्जिनियर पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुस लिएको आरोपमा इन्जिनियर र सव-इन्जिनियर पक्राउ


९ श्रावण २०७७, शुक्रबार


घुस

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर टीका प्रसाद गुरुङ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटेको टोलीले मण्डल र गुरुङलाई बेंसीसहर बजारबाट बिहीबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

मण्डल र गुरुङले सेवाग्राहीहरुसँग भवन निर्माणको किस्तावापत ५० हजारका दरले ४ लाख रुपैयाँ घुस लिएको उजुरीको आधारमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रवक्ता अधिकारीले बताए । मण्डल र गुरुङ जिल्ला राष्ट्रिय पुन: निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भई सो गाउँपालिकामा कार्यरत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस