कुटपिटबाट मृत्यु प्रकरणको छानविनमा पूर्ण सहयोग गर्छौं « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कुटपिटबाट मृत्यु प्रकरणको छानविनमा पूर्ण सहयोग गर्छौं


९ श्रावण २०७७, शुक्रबार


नेपाली सेना

काठमाडौं । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटपिटबाट एक जना स्थानीयको मृत्यु भएको घटनाबारे छानबिन सुरु गरेको बताएको छ ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक छानविन थालिएको जनाएको हो ।

यस विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने पनि सेनाले भनेको छ । साथै, नेपाली सेना, सरकारको कार्यदेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।

बिहीबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै मृत्यु भएको परिवारको दाबी छ । राजकुमारका बुबा विष्णुलाले घटनाको छानविन गर्न र दोषीलाई सजाय दिन भाग गरेका छन् ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस