भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा


८ श्रावण २०७७, बिहिबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुण राज खनाललाई नियन्त्रणमा लिएको छ ।

बिहीबार अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले खनालको कार्यकक्षबाट स्रोत नखुलेको १६ लाख १३ हजार ९ सय ७५ रुपैँयासहित नियन्त्रणमा लिएको हो।

खनालले सो रकम आफ्नो कार्यकक्षको दराजमा राखेका थिए । विभिन्न फर्म तथा पसलेहरुबाट लिएको कमिसन तथा चेक रकम खनालले आफ्नै कार्यकक्षमा राखेको भन्ने सूचनाको आधारमा उजुरी अख्तियारमा परेको थियो। उनलाई अख्तियारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस