घर बनाउन तथा गाडी किन्नेका लागि ग्लोबल आइएमई बैंकको नयाँ कर्जा योजना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घर बनाउन तथा गाडी किन्नेका लागि ग्लोबल आइएमई बैंकको नयाँ कर्जा योजना


७ श्रावण २०७७, बुधबार


काठमाडौँ । ग्लोबल आइएमई बैंकले कर्जा प्रवाह गर्ने योजना ल्याएको छ। सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घरजग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको जानकारी दिएको छ।

ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् र यो कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहनेछ।

यसै गरी बैङ्कले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा सेयरको धितोमा कर्जा दिने भएको छ।

यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिटरक्रेडिट कार्ड जारी शुल्कमा र लकर सुविधामा ५०-५० प्रतिशत छुट दिने बताएको छ।

बैंककाअनुसार कोरोना(कोभिड-१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जा दिन दिन लागिएको हो।

कर्जा लिन चाहने ग्राहकले आवश्यक कागजातहरू बैंकमा पेश गरेको ३ दिनभित्र बिना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन्।

सम्पूर्ण शाखाहरूबाट यो सुविधा पाइने बैंकले छ।

Tags :
प्रतिक्रिया दिनुहोस