कक्षा १२ को परीक्षा असोजमा हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कक्षा १२ को परीक्षा असोजमा हुने


७ श्रावण २०७७, बुधबार


काठमाडौं । कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालेको हो । सरकारले भदौ १ गतेदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ ।

असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘कक्षा १२ को परीक्षा असोज १५ मा सम्पन्न गर्ने लक्ष्य छ, त्यही अनुसार मन्त्रालयसँग अनुमति मागेका छौं ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस