अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प


७ श्रावण २०७७, बुधबार


वासिङ्टन । संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २.१२ बजे आएको थियो । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो ।

उक्त भूकम्पका कारण कुनै जनधनको क्षति भएको बारेमा विवरण प्राप्त भइसकेको छैन ।

भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ । भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो ।

अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो ।सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस