तनहुँ सिडिओसहित तीन सहसचिवको सरुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तनहुँ सिडिओसहित तीन सहसचिवको सरुवा


६ श्रावण २०७७, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले तनहुँका प्रमुख जिल्ला अधिकारी(सिडिओ)सहित तीन जना सहसचिवको सरुवा गरेको छ ।

प्रशासन विशेष स्रोतका अनुसार तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने अध्यागमन कार्यालय एयरपोर्टका प्रमुख सागर आचार्यलाई तनहुँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिई पठाइको छ ।

त्यस्तै केही दिनअघि बागलुङको सिडिओबाट मन्त्रालयमा सरुवा गरिएका गौलोचन सैंजुलाई अध्यागमन कार्यालय एयरपोर्ट पठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस