भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन हुने


६ श्रावण २०७७, मंगलबार


काठमाडौं । सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

यातायात व्‍यवसायीले साउन ८ गतेदेखि नै लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो ।

सरकारले आन्तरिक हवाइ उडान पनि भदौ १ देखि मात्र सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस