सञ्चार गृहलाई राहत र सहुलियत दिन संसदीय समितिको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सञ्चार गृहलाई राहत र सहुलियत दिन संसदीय समितिको निर्देशन


६ श्रावण २०७७, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सञ्चार गृहलाई राहत र सहुलियत दिन सरकारलाई निर्देशन दिएको छ ।

मङ्गलवार पत्रकार महासङ्घ र मिडिया सञ्चालकहरूसँग छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देश गरेको हो ।

‘विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड-१९ ले आमसञ्चार क्षेत्रमा पारेको नकारात्मक असरको विस्तृत अध्ययन गरी त्यसको प्रभावका बिचमा प्रकाशन प्रसारणलाई निरन्तरता दिई सूचना प्रवाहमा पुर्‍याएको योगदानको आधारमा सञ्चार गृहलाई सहुलियत, राहत र सुरक्षाको प्रबन्ध मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ’ बैठकपछि समितिले जारी गरेको निर्देशनमा उल्लेख छ ।

त्यसै गरी समितिले सञ्चारमाध्यममा कार्यरत पत्रकार र कर्मचारीहरूलाई रोजगारीबाट हटाइएको पाइए कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

‘कोभिड–१९ ले सिर्जना गरेको सुरक्षाको असहज जोखिमयुक्त परिस्थितिमा पनि अहोरात्र सूचना प्रवाह गरी पेसागत दायित्व निर्वाह गरीररहेका श्रमजीवी पत्रकार र सञ्चारमाध्यममा कार्यरत कर्मचारीहरूलाई जबरजस्ती रोजगारीबाट हटाउने, बेतलबी बिदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्ने र करार सम्झौता भंग गर्ने जस्ता श्रमजीवी पत्रकार ऐन २०५१ विपरीतका कार्यहरू हुन नदिन र भएको पाइएमा कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन समिति सूचना प्रविधि मन्त्रालयलाई निर्देशन गर्दछ’ बैठकपछि जारी निर्देशनमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस