टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु


६ श्रावण २०७७, मंगलबार


बालक

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको हो ।

मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् । टहरामा बसेर खाना खाँदै गर्दा बलौटे माटोको ढिस्कोले पुरिएर बालबालिकाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस