८० हजार घुससहित सिँचाइका सब–इन्जिनियर पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

८० हजार घुससहित सिँचाइका सब–इन्जिनियर पक्राउ


५ श्रावण २०७७, सोमबार


अख्तियार

काठमाडौँ । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बारा, कलैयामा कार्यरत सब-इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात् रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियारको टोली देखेपछि उनले नजिकै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुबैजनालाई सो रकमसहित कलैया नगरपालिका वडा नं ४ बाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस