काठमाडौँको गागलफेदीमा पहिरो, एक जनाको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

काठमाडौँको गागलफेदीमा पहिरो, एक जनाको मृत्यु


५ श्रावण २०७७, सोमबार


काठमाडौँ । काठमाडौँको गागलफेदीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा गएको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर गुरुङको मृत्यु भएको काठमाडौँका प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरेका हुन् ।

नगरपालिकाका विभिन्न ठाउँमा पहिरो आएको नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस