२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सवारी तथा यातायात विधेयक पारित

अ+ अ-

विराटनगर । प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को पहिलो संशोधनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले आज पारित भएको छ ।

प्रदेश नं १ को प्रदेशसभाको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९४९१०(क) बमोजिम भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले सो प्रस्ताव सदनमा पेश गरेका थिए ।

विधेयकमा प्रदेशसभा सदस्यद्वय श्रीप्रसाद मैनाली र बिन्दिया कार्कीले गरको संशोधन प्रस्तावको आंशिक बुँदा राज्यमन्त्रीले स्वीकार गरेपछि संशोधन प्रस्ताव फिर्ता लिएका थिए । प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम उद्योग, पर्यटन वन तथा वातावरण विकास समितिका सभापति सीता थेवेले प्रतिवेदनसहित प्रदेशस्तरमा फाराम दर्ता, नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदन सदनमा पेश गरिन् ।

शून्य समयमा मुलुकको समसामयिक विषयमा प्रदेशसभा सदस्य अम्बिका थापाले ओखलढुङ्गाबाट न्यायालयबाट प्राप्त हुने सेवा र सुविधामा सेवाग्राहीले धेरै खर्च गर्नुपर्ने भएकाले सो सेवासुविधा प्राप्त उदयपुरवासीलाई उदयपुरमै व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे ।

सदस्य उपेन्द्रप्रसाद घिमिरेले मोरङको केराबारी गाउँपालिकका प्रमुख रोहित कार्कीमाथि भएको छुरा र खुकुरी प्रहारका दोषीमाथि कारवाहीको माग गरे । सदस्य बलबहादुर साम्सुहाङले लगानी बोर्डले तमोर जलाशयबाट निकाल्न लागेको ७५६ मेगावाट विद्युत्ले त्यसक्षेत्रका मुआब्जा प्राप्त गर्ने मानिसलाई यथाशीघ्र मुआब्जा दिन प्रदेश सरकारसँग माग गरे ।

सदस्य रामकुमार राईले खोटाङका सिँचाइ कार्यालयका डिलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका कर्मचारीले पक्राउ गरेको र पक्राउ परेका कर्मचारीले माथिका मानिसलाई बुझाउन घुस लिएको बयान दिएकाले थप अनुसन्धान गरी मानहानी मुद्दा पनि चलाउन प्रदेश सरकारसँग माग गरे । प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो १ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।रासस