थप १ सय ५६ जनामा कोरोना संक्रमण, ५८ जना डिस्चार्ज « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

थप १ सय ५६ जनामा कोरोना संक्रमण, ५८ जना डिस्चार्ज


४ श्रावण २०७७, आइतबार


काठमाडौं । आइतबार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।

विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस