ललितपुर । ललितपुर महानगरपालिकाको कार्यालयले विक्रम सम्वतसँगै नेपाल सम्वत पनि अनिवार्य रूपमा उल्लेख गर्ने निर्णय गरेको छ ।
नगरकार्यपालिकाले साउन १ गतेदेखि कार्यालयबाट सम्पादन हुने सम्पूर्ण कार्यहरू तथा पत्राचार गर्दा विक्रम सम्वतको साथसाथै नेपाल सम्वत पनि अनिवार्य रूपमा उल्लेख गर्न भनेको हो । न्याय सम्पादनका कार्यत्रहरुमा भने यो लागू नहुने महानगरले जनाएको छ ।








