गाउपालिका अध्यक्षको पावर : इन्जिनियरलाई अयोग्य घोषणा गर्दै हाजिरै गर्न नदिई मन्त्रालय फिर्ता « प्रशासन
Logo ८ आश्विन २०८०, सोमबार
   

गाउपालिका अध्यक्षको पावर : इन्जिनियरलाई अयोग्य घोषणा गर्दै हाजिरै गर्न नदिई मन्त्रालय फिर्ता


३ श्रावण २०७७, शनिबार


काठमाडौँ । बागमती प्रदेशको सिन्धुली जिल्लास्थित एक गाउँपालिकाका अध्यक्षले इन्जिनियरलाई अयोग्य घोषणा गर्दै हाजिरै नगराई मन्त्रालय फिर्ता पठाउने निर्णय गरेका छन् ।

फिक्कल गाउँपालिका, खाङसाङ, सिन्धुलीका अध्यक्ष धन बहादुर कार्कीले इन्जिनियर विष्णु प्रसाद कँडेललाई पदमा रही कामकाज गर्न अयोग्य रहेको ठहर गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेका हुन् ।

‘तपाईलाइ यस गाउँपालिकामा सो पदमा रही कामकाज गर्न अयोग्य ठहर गर्दै मिति २०७७ असार ३१ गतको गाउँकार्यपालिकाको निर्णयअनुसार श्रावण १ गतेदेखि हाजिर नगराई कामकाज नलगाउने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएकोले सोही बमोजिम हाजिर नगराई कामकाज नलगाउने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाइएको ब्यहोरा जानकारी गरिन्छ’ अध्यक्ष धन बहादुर कार्कीद्वारा जारी हस्ताक्षरित पत्रमा भनिएको छ ।

कँडेलले गाउँपालिकामा रहेर पुर्‍याउनु पर्ने सहयोग तथा कामको जतीजा प्रति सन्तोषजनक नपाइएको तथा अन्य उपभोक्ता र जनप्रतिनिधिहरूप्रतिको फरक प्रकृतिको व्यवहारका कारण अयोग्य ठहर गरेको पत्रमा उल्लेख छ ।

पछिल्लो समय संघ, प्रदेश र स्थानीयतहबीच कर्मचारीको विषयलाई लिएर द्वन्द्व बढेको छ । आ-आफ्नै दम्भ देखाउने र एकले अर्काको अस्तित्व स्वीकार गर्न नमानेकै कारण कर्मचारीले अनावश्यक दुःख मात्र पाई रहेका छैनन् कि विकास निर्माणलगायत सेवा प्रवाहमासमेत ठुलो असर परिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस