अपहरणमा परेका साहको सकुशल उद्धार, ७ जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अपहरणमा परेका साहको सकुशल उद्धार, ७ जना पक्राउ


२ श्रावण २०७७, शुक्रबार


काठमाडौं । प्रहरीले शुक्रबार बिहान अपहरणमा परेका एक ब्यक्तिलाई सकुशल उद्धार गरेको छ ।

काठमाडौंको टोखाबाट आज बिहान १० बजे अपहरणमा परेका रामबाबु शाहलाई महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरको लोकन्थलीबाट दिउँसो १ बजे सकुशल उद्धार गरेको हो ।

आफ्ना बाबुलाई चार–पाँच जनाको समूहले अपहरण गरेको र २५ लाख फिरौती रकम मागेपछि साहका छोराले प्रहरीलाई खबर गरेका थिए । साहलाई बन्धक बनाइएको कोठाबाट साहसहित केही घण्टामै प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच जग्गा कारोबारको विषयमा कुरा नमिलेपछि अपहरण गरेको बुझिएको छ । महाशाखाका एसपी होविन्द्र बोगटीका अनुसार उनीहरूबाट कुनै हतियार फेला परेको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको एसपी बोगटीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस